3
4
0
बुटवलमा बन्दैछ मार्बल बिच्छाएको ६ लेनको सडक ३.७ किलोमिटर सडक बनाउन ५० करोड लाग्ने अनुमान नविन अर्याल 0 प्रतिक्रिया 1.3K शेयर butwal-bazar २६ वैशाख, बुटवल । पश्चिमाञ्चलको व्यवसायिक केन्द्र बुटवल बजार अझै सुन्दर बन्ने भएको छ । राजमार्ग चौराहादेखि गोलपार्कसम्म ६ लेनको सडक विस्तार गरी हरियाली बनाउने भएपछि बुटवल थप सुन्दर देखिने भएको हो । यसको आकर्षक पक्ष हुनेछ, दुबैतर्फको सर्भिस ल्याण्डमा बिच्छाइने मार्बल । यसैपनि बुटवल नगरभित्रको सडक फराकिलो नै छ । सडकलाई थप फराकिलो बनाएर ‘ग्रिनरी’ विकास गर्दा बुटवल झनै सुन्दर बन्ने स्थानिय बताउँछन् । भैरहवा बुटवल ६ लेनको व्यापारिक सडक बनाइरहेको परियोजनालाई यो सडक पनि विस्तार गर्ने जिम्मा लगाइएको हो । चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडक छ, जसमा मार्बल बिच्छाइने छ । असारसम्म डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाएर साउनमा टेन्डर आहृवान गर्ने तयारी भइरहेको इञ्जिनियर लिला बहादुर भण्डारीले अनलाइनखबरसँग बताए । यो सडक विस्तार गर्नका लागि करिव ५० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसलाई मुलुककै नमूना सडकका रुपमा विस्तार गर्ने सरकारको योजना रहेको भण्डारीले जानकारी दिए । ‘विशेषगरी यो सडकले बुटवलको सौन्दर्यता बढाउने छ,’ इञ्जिनियर भण्डारीले भने, ‘हामीले बुटवल नगरभित्रको सडक विस्तारको क्रममा ब्युटिफिकेसनलाई बढी जोड दिन्छौं ।’
CRICKET LIVE: Nepal vs Namabia