कांग्रेस सभापतिको मतगणना: लाइभ अपडेट
नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनपछि मतगणना शुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सभापति निर्वाचनमा खसेको मतगणना शुरु भएको हो । आइतबार सभापतिका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला तीनैजनाले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सोमबार पुनः मतदान भएको हो ।