हामी सबैको उत्सव "पाल्पा महोत्सव २०७१"

पाल्पामा आगामी फागुन १ देखि १० गते सम्म 'पाल्पा महोत्सव २०७१' को आयोजना हुने भएको छ। पाल्पा उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको मुख्य आयोजनामा मेला सञ्चालन हुन लागेकोे हो। तानसेनको टुँडिखेल मैदानमा हुने मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनकोे संयोजकत्वमा मूल समारोह समिति सहित विभिन्न २९ उपसमिति संयोजकहरु तोकिएकोे छ। पाल्पाको पर्यटकीय विकाससँगै कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार विस्तार प्रर्वद्धन तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष राजु महर्जनले बताए। महोत्सवमा कृषिजन्य वस्तुहरुको प्रचारप्रसार गरिनेछ। माछा पालन गर्ने तरिका प्रदर्शनसँगै विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत सो अवधिमा रहनेछ।

avatar Yam Thapa